Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाँदर भगाउन राखेको विद्युतीय धरापमा पर्दा गुल्मीमा महिलाको मृत्यु


    बुधबार, चैत्र १३ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • गुल्मी  ।  गुल्मीमा बाँदर भगाउन राखेको विद्युतीय धरापमा परी एक महिलाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा मुसिकोट नगरपालिका-७ पल्टार बस्ने ६० वर्षीया चन्द्रकला कुमाल रहेकी छिन् । उनको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सोही ठाउँस्थित आफ्नै बारीमा बाँदर भगाउन लगाएको विद्युतको तारबाट करेन्ट लागेर कुमाल गम्भीर घाइते भएकी थिइन् । उनको लुम्बिनी वामी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार