Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आफूलाई गैरकानुनी रूपमा पदबाट हटाउने निर्णयविरुद्ध कुलमान सर्वोच्चमा


    बुधबार, चैत्र १३ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आफूलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङले सर्वोच्च अदालतमा रिट पेस गरेका छन्।

    सरकारले आफुलाई गैरकानुनी रूपमा पदबाट हटाउने निर्णय गरेको भन्दै उक्त निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनस्थापना गर्नुपर्ने माग गरेका छन् । उनले आज (बुधबार) अधिवक्ता लोकमणि पोखरेल वारेसमार्फत सर्वोच्चमा रिट पेस गरेका हुन्।

    उनले निवेदनमा नेपाल सरकार, ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य लगायतलाई विपक्षी बनाएका छन् ।

    कुनै गल्ती, त्रुटी नगरेको अवस्थामा सरकारले बदनियतका साथ आफूलाई स्पष्टीकरण सोधेको र गलत ढंगले पदमुक्त गरेको भनी उनले रिट निवेदनमा जिकिर गरेका छन् ।

    आज ५ बजेतिर वारेसमार्फत घिसिङको रिट आएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार