Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अझै नियन्त्रणमा आएन सेन्ट्रल प्जालाको आगो, १६ जनाको सकुशल उद्दार


    बुधबार, चैत्र १३ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • इटहरी । सुनसरीको इटहरीमा रहेको नौ तले भवन सेन्ट्रल प्लाजामा लागेको आगो अझै नियन्त्रणमा आइसकेको छैन । आज बिहान ९ बजेतिर उक्त प्लाजाको पाँचौँ तलामा आगलागी भएको थियो ।

    आगलागी भएको प्लाजाबाट १६ जनाको उद्दार गरिएको छ । नेपाली सेनाको हेलिकप्टर पनि घटनास्थल पुगेर फर्केको छ । अहिले प्लाजाभित्र अन्यको खोजी तथा उद्धार गर्ने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

    घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका ३२२ जनाको टोली खटिएका छन् । विभिन्न पालिकाका १२ वटा दमकल पनि घटनास्थलमा छन् ।

    नौ तले यो प्लाजामा होटेल वरन्डा, वरन्डाको रेस्टुरेन्ट, क्युएफेक्सको सिनेमा हल, सनराइज बैंक, क्याफे, मोबाइल सर्भिस सेन्टर, पसलहरू छन् । आगलागी के कारणले सुरू भएको भन्ने खुलिसकेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार