Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विजय बस्नेतसहित ७ प्रमुख सेनानी महासेनानीमा बढुवा


    बुधबार, चैत्र १३ २०८१
    980
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली सेनामा रिक्त ७ जना महासेनानीमा बढुवा गर्ने निर्णय भएको छ। सोमबार बसेको मन्त्रि परिषद बैठकले प्रमुख सेनानीबाट ७ जनालाई महासेनानीमा बढुवा गर्ने निर्णय गरेको हो।

    महासेनानीमा बढुवा हुनेमा विजय बस्नेत, प्रदीप थापा, कन्चनकृष्ण बस्नेत, जीवन शर्मा, प्रज्वल थापा, विकास केसी र चन्द्रशेखर काप्री रहेका छन्।

    पटक पटक गरी महासेनानीहरु सहायक रथीमा बढुवा भएपछि रिक्त स्थानमा उनीहरुलाई बढुवा गरिएको हो।

    अब प्रधानसेनापतिले दर्ज्यानी चिह्न प्रदान गरेसँगै उनीहरूको पदस्थापन हुनेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार