Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कुलमान बर्खास्ती प्रकरण: प्रतिनिधिसभामा विपक्षीको अवरोध


    बुधबार, चैत्र १३ २०८१
    820
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा अवरोध गरेका छन् । सभामुख देवराज घिमिरेले बुधबारको सदन सुरु गर्ने वित्तिकै विपक्षी दलहरूले उठेर अवरोध गरेका हुन् ।

    त्यसपछि सभामुख घिमिरेले माओवादी सांसद शक्ति बस्नेतलाई बोल्न समय दिए । बस्नेतले संख्याको बलमा जनताका आशा गुमाउन सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको बताए ।

    विद्युत् बक्यौता उठाउन लाइन काट्न हुँदैन भन्ने मन्त्रीको आदेश नमानेकाले उनलाई पटक–पटक स्पष्टीकरण सोधेर हटाइएको बस्नेतले बताए । बस्नेतले दुई तिहाइको सामर्थ्य राख्ने सरकारले एक राष्ट्र सेवकको मानमर्दन गरेको बताए ।

    ४ महिनापछि स्वतः अवकाशमा जाने घिसिङलाई हटाएर किन सरकारले आफ्नो औचित्य गुमाइरहेको छ भन्दै प्रश्न गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले घिसिङलाई हटाएको कारण नदिएसम्म संसद् चल्न नसक्ने उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार