Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बुधबार सुनको भाउ सामान्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?


    बुधबार, चैत्र १३ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँ बढेको हो ।

    जसअनुसार छापावाल सुन तोलामा १ लाख ७३ हजार ५ सय रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

    यस्तै चाँदीको मूल्य पनि सामान्य बढेको छ । मंगलबार तोलामा १ हजार ८८० रुपैयाँ कायम भएको चाँदी बुधबार बढेर तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार