सञ्जय मिश्रा
रौतहट । नेपालको रौतहट, बारा पर्सासँग सिमाना जोडिएको भारत बिहार पूर्वी चम्पारण जिल्लाको सदरमुकाम मोतीहारी प्रहरीले नेपाली रुपैयाँ अढाई करोड मूल्य बराबरको लागुऔषध स्मैक बरामद गरेको छ ।
बिहारमा मदिरा उत्पादन बिक्रि बितरण तथा सेवन माथी सरकारले पूर्ण रुपमा प्रतिबन्ध लगाएपछि पूर्वी चंपारण जिल्लामा लागुऔषधको कारोवार बढेसँगै नियन्त्रणको लागि प्रहरीले सक्रियता देखाएको हो ।

स्थानिय नकरदेई थाना क्षेत्र अन्तर्गत सोमवार प्रहरीले ७ किलो भन्दा बढी लागुऔषध स्मैक बरामद गरेको हो, जसको अन्तर्राष्ट्रीय बजारमा लगभग नेपाली अढाई करोड़ रुपैयाँ मूल्य भएको मोतीहारी जिल्ला प्रहरी प्रमुख एसपी सुवर्ण प्रभातले बताएका छन्।
आईपिएस अफिसर एसपी प्रभातले स्मैक तस्करीमा संलग्न चार जना तस्करको पहिचान भएको दाबी गरेका छन्। ती तस्करको खोजी भईरहेको बताएका छन्। बरामद लागूऔषध स्मैक नेपालको बाटो हुँदै भारतमा ल्याएको प्रहरीको भनाई छ ।
प्राप्त जानकारी अनुसार नकरदेई प्रहरीले ठूलो परिमाणको लागुऔषध आईरहेको सूचनाको आधारमा प्रहरी दंडाधिकारी सह अदापुर अंचलाधिकारी अनामिका सिंहको उपस्थितिमा सर्च अभियान चलाएको थियो ।
सर्च अभियानको क्रममा सिरिसिया माल गांवस्थित एकजना ड्रग माफियाको ठेगानामा छापामारी गरिएको थियो। सो क्रममा गाउँ छेउ एउटा खाल्डोमा बोराभित्र राखिएको लागुऔषध स्मैक बरामद गरिएको हो।
सानो सानो प्लास्टिकको पुड़ियामा राखिएको थियो। जांच गर्दा लागुऔषध स्मैक रहेको तथा त्यसको तौल साढ़े सात किलोग्राम रहेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोतीहारीले जनाएको छ। तस्करहरु भने फरार भएको प्रहरीले जनाएको छ।
पछिल्लो समय बिहारमा लागुऔषधको कारोवार बढ्दैगएको देखिएको छ। बिहारमा मदिराजन्य पदार्थ उत्पादन,बिक्रि बितरण, सेवन माथी प्रतिबन्ध लगाइए पछी लागुऔषधको कारोवार बढेको जानकारहरूको अनुमान रहेको छ। मुख्यमन्त्री नीतीश कुमारको सरकारले बिहारमा सन २०१६ देखी मदिरा प्रतिबन्ध लगाउने कानून लागू भएको थियो।
मोतीहारी जिल्लामा प्रहरी प्रमुखको रूपमा आईपीएस अफिसर एसपी सुवर्ण प्रभातले कमाण्ड सम्हाले देखी गैरकानूनी क्रियाकलाप माथी प्रहरीले अंकुश लगाएको छ। खुला सिमानाको फाइदा उठाउँदै लागुऔषध, गाँजा, अफिम, चरेस, स्मैक, मदिरा लगायतका सामान तस्करहरुले भित्रयाउने गरेका छन् ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend