Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्राधिकरणको बोर्डमा प्रधानमन्त्रीविरुद्ध नारा डिस्प्ले भएपछि एमाले कार्यकर्ताले पिटे कार्यालय प्रमुख


    मंगलबार, चैत्र १२ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल विद्युत प्राधिकरणको भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि कुटपिट भएको छ। आज (मंगलबार) बिहान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको नारा कार्यालयको डिजिटल बोर्डमा डिस्प्ले भएपछि एमालेका कार्यकर्ताले कुटपिट गरेका हुन्।

    चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले कुटपिट गर्नेविरुद्ध लिखित उजुरी आएपछि संलग्नलाई कारबाही गर्ने बताए। प्रधानमन्त्रीविरुद्ध कार्यालयको डिजिटल बोर्डमा कसरी उक्त नारा डिस्प्ले भयो भन्ने पनि २४ घण्टाभित्रमा प्रतिवेदन बुझाउन निर्देशन दिएको प्रजिअ पौडेलले जानकारी दिए।

    नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बर्खास्त गर्ने निर्णय गरेपछि कार्यालयको बोर्डमा घण्टौँसम्म प्रधानमन्त्रीविरुद्धको नारा डिस्प्ले गरिएको थियो।

    त्यही विषयको विरोधमा एमाले कार्यकर्ता कार्यालयमा पुगेका थिए। त्यसक्रममा उनीहरूले श्रेष्ठमाथि हातपात गरेका हुन्। वितरण केन्द्र प्रमुख श्रेष्ठले भने सिस्टम ह्याकिङ भएको भन्दै प्रमुख जिल्ला अधिकारीलाई बताएका थिए।

    उनलाई प्रमुख जिल्ला अधिकारीले ह्याकिङ भएको हो भने त्यही अनुसार विज्ञप्ति जारी गर्नुस् भनेको तर उनले विज्ञप्ति पनि ननिकालेको प्रजिअ पौडेलले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार