Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • हङकङका महावाणिज्यदूतमा विन्देश्वर लेखक नियुक्त


    मंगलबार, चैत्र १२ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले हङकङका लागि महावाणिज्यदूतमा डा विन्देश्वर लेखकलाई नियुक्त गरेको छ।

    सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयका सहसचिव लेखकलाई महावाणिज्यदूत नियुक्त गर्ने निर्णय गरेको हो।

    नेपाल सरकारका सहसचिव लेखक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट ६ महिनाअघि मात्र परराष्ट्र मन्त्रालयमा सरुवा भएका थिए।

    उनले संघीय मामिला मन्त्रालय, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र भन्सार विभागअन्तर्गत कृष्णनगर भन्सार कार्यालयमा प्रमुख भन्सार अधिकृतका रूपमा पनि काम गरेका छन्।

    उनले जापानको वासेदा विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सहायता तथा आर्थिक विकासमा विद्यावारिधि गरेका हुन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार