काठमाडौं । पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमा अनेरास्ववियुका विष्णु पोखरेलको प्यानलै विजयी भएको छ ।
स्ववियु निर्वााचनमा कांग्रेस निकट नेपाल विद्यार्थी संघ, समाजवादी मोर्चा र स्वतन्त्ररुपमा उम्मेदवारी दिएका सबैलाई हराउँदै पोखरेल नेतृत्वमा अनेरास्ववियुले प्यानलै जितेको हो ।
पोखरेलले एक हजार १०५ मत ल्याउँदा अध्यक्षका अर्का दाबेदार नेविसंघका सुशील न्यौपानेले जम्मा ५०३ मत ल्याए । राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपाकोसमेत समर्थन लिएर स्वतन्त्र चुनाव लडेकी विप्लवी न्यौपानेले ४६९ मत पाइन् । माओवादीनिकट अनेरास्ववियु क्रान्तिकारीका नवीन अधिकारीले जम्मा २२३ मत ल्याए ।
अनेरास्ववियु समाजवादी, अखिल समाजवादी, अखिल क्रान्तिकारी ९मोहन वैद्य०को संयुक्त प्यानलका सन्तोष पौडेलले मात्र १९६ मत ल्याए । अखिल छैटौंका मिलन सुनार २८ र प्राज्ञिक विद्यार्थी परिषद्का दिप्सन गुरुङ ७६ ले मत पाएका छन् ।
पोखरेल नेतृत्वमा सचिवमा विराज दुवाडी अझै लोकप्रिय मतका साथ विजयी भएका छन् । उनले १ हजार ४१३ मत ल्याउँदा उनका निकटतम प्रतिस्पधी नेविसंघका विवेक भट्टराईले जम्मा ६२८ मत ल्याए । कोषाध्यक्षमा अनेरास्ववियुकै सन्दिका गुरुङ १ हजार ३०४ मतका साथ विजयी भइन् ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend