Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चन्द्रागिरीबाट सालकको खपेटा सहित एक जना पक्राउ


    सोमबार, चैत्र ११ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । चन्द्रागिरी नगरपालिका–४ पानीघाटबाट सालकको खपेटासहित एक जना पक्राउ परेका छन् ।

    सालकको खपटा जस्तो देखिने बस्तु ८ थान, नङ्ग्रा १ थान, दुम्सीको काँडा जस्तो देखिने बस्तु ३ थान, नगद ५२ हजार रूपैयाँ र मोबाइल १ थान सहित दोलखा शैलुङ गाउँपालिका–६ घर भएका ३२ वर्षीय सुवास तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

    प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले मकवानपुरको चित्लाङबाट काठमाडौं थानकोटतर्फ आउँदै गरेका उनलाई उक्त खपेटासहित फेला पारी पक्राउ गरिएको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार