चन्द्रपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनमा बन्द गराइएका रौतहटका करिब २० वटा निजी अस्पताल खुलेआम सञ्चालन भइरहेको पाइएको छ । मधेश सरकाको स्पष्ट निर्देशन हुँदाहुँदै पनि गैरकानुनी रूपमा यी अस्पतालहरू सञ्चालनमा रहेको गुनासो बढ्दै गएको हो ।
चन्द्रपुर नगरपालिकाले निजी अस्पताललाई दिएको अस्थायी अनुमति पत्र खारेज गरिसकेको छ । दर्ता बेगरै सञ्चालन भइरहेका चन्द्रपुरका १० वटा निजी अस्पतालहरूलाई गत फागुन १७ गते मुख्यमन्त्री सिंहको निर्देशनमा बन्द गर्न आदेश दिएका थिए ।
तर, अस्पताल सञ्चालकहरूले नगरपालिकाबाट १५ सैयाको अस्पताल सञ्चालन गर्नका लागि ३५ दिनका अस्थायी अनुमतिपत्र लिएका थिए । यसैबीच, चन्द्रपुरस्थित हाइवेटरामा सेन्टर एण्ड रिसर्च सेन्टरमा गत आइतबार उपचाररत बिरामी ब्रजकिशोर साहको मृत्यु भएपछि यो विषयले नयाँ मोड लिएको छ ।
मुख्यमन्त्री सिंहले कुनै पनि तहबाट अस्थायी अनुमतिपत्र दिने कानुनी प्रावधान नरहेको बताउँदै विज्ञप्ति जारी गरेका थिए । त्यसपछि चन्द्रपुर नगरपालिकाले ती अनुमतिपत्र बदर गरेको थियो ।
तर, नगरपालिकाले अनुमति खारेज गरे पनि अहिले पनि ती अस्पतालहरू निर्बाध रूपमा सञ्चालन भइरहेको देखिएको छ । यस्तै, गरुडा नगरपालिकाका करिब १० वटा निजी अस्पताल बन्द गर्न निर्देशन दिइएको भए पनि ती अस्पतालहरू मुख्यमन्त्रीको आदेश अवज्ञा गर्दै सञ्चालन भइरहेका छन् । यस घटनाले प्रदेश सरकारको निर्देशन कार्यान्वयनमा कमजोरी देखिएको स्पष्ट भएको छ ।
अब प्रशासनले कस्तो कदम चाल्छ भन्ने विषयमा स्थानीय बासिन्दाहरू चासोका साथ हेरिरहेका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend