Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • महायज्ञको नाममा दलितमाथि भएको विभेद छानबिनका लागि समिति गठन गर्न माग


    आइतबार, चैत्र १० २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीका राष्ट्रियसभा सांसद घनश्याम रिजालले सिराहाको औरहीमा महायज्ञको नाममा दलितमाथि गरिएको विभेद छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरेका छन् ।

    आइतबारको राष्ट्रियसभा बैठकमा उनले जिल्लाको औरही-५ मा गाउँपालिका अध्यक्ष शिवजी यादव, जनमत पार्टीका पालिका अध्यक्ष दिलिप यादव र विष्णु महायज्ञका आयोजक बजरंग बाबाले दलित समुदायका दीपक मल्लिकको घर भत्काएकामा निन्दा गर्दै छानबिन समिति गठन माग गरेका हुन् ।

    उक्त घटनाले ६० लाख दलित समुदायलाई अपमानित गरेको बताउँदै उनले भने, ‘दलितले बसोबास गरेको माटो अपवित्र हुन्छ भन्दै घर रहेको जमिनको माटो समेत खनेर फालिएको छ । म यो जघन्य अपराधको निन्दा गर्दछु । यो घट्नाले झण्डै ६० लाख दलित समुदायलाई अपमानित गरेको छ ।’

    उनले उक्त घटनाले संविधान र कानूनको धज्जी उडाएको भन्दै नेपाल र संसारभरी बसेर रहेका सभ्य नेपाली नागरिकको शीर लाजले झुकाउन बाध्य बताए ।

    उनले भने, ‘निर्वाचित जनप्रतिनिधिले यस्तो अपराधको नेतृत्व गर्नुले नेपाली समाजको चेतनाको स्तर उदांगो पारिदिएको छ । घटनाको सत्यतथ्य छानबिन गर्नको लागि संसदीय समितिको माग गर्दछु ।’ निर्वाचित प्रतिनिधिले नै अपराधको नेतृत्व गर्नुले नेपाली समाजको चेतनाको स्तर उदांगो भएको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार