Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कसले गर्यो नेविसंघको छाप र अध्यक्षको हस्ताक्षर दुरूपयोग ?


    आइतबार, चैत्र १० २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले लेटर प्याड, छाप र केन्द्रीय अध्यक्षको हस्ताक्षर दुरुपयोग भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    आइतबार विज्ञप्ति जारी गर्दै नेविसंघले लेटर प्याडलगायत दुरुपयोग गरी केन्द्रीय सदस्य तथा विभिन्न क्याम्पस इकाई अध्यक्ष मनोनयन गरिएको भन्दै आपत्ति जनाएको हो ।

    रिक्त स्थानमा मनोनयन गरिएका नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य तथा क्याम्पस इकाइ समितिका अध्यक्षहरूको जिम्मेवारीबारे चाँडै आधिकारिक सूचना प्रकाशित गरिने मुख्य सचिव विजय खड्काले जानकारी दिएका छन्।

    रिक्त भएका इकाइ तथा केन्द्रीय सदस्य पदमा गरिएको मनोनयनसम्बन्धी आधिकारिक सूचना संघको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमार्फत मात्र सार्वजनिक गरिने भन्दै उनले भ्रामक सूचनामा नपर्न सबैलाई आग्रह गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार