दैलेख । जिल्ला प्रहरी कार्यालय दैलेखले एसइई परीक्षामा चिटको फोटोकपी गरेर वितरण गरिरहेका दुई व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूबाट प्रयोग भएको फोटोकपी मेसिन पनि नियन्त्रणमा लिएको छ ।
आज देशभर एसइई अन्तर्गत गणित विषयको परीक्षा सञ्चालन भइरहेको छ । यसै क्रममा दैलेख सदरमुकामस्थित त्रिभुवन माध्यमिक विद्यालयमा केही स्थानीयले फोटोकपी मेसिन प्रयोग गरी परीक्षार्थीलाई चिट वितरण गरिरहेको पाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख डीएसपी सुनिल दाहालका अनुसार परीक्षा हलबाटै प्रश्न पत्र बाहिरिएको थियो, जसपछि प्रहरी अनुसन्धान अघि बढाइएको हो । पक्राउ परेका व्यक्तिहरूमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ ।
प्रहरीका अनुसार परीक्षालाई सुरक्षित र मर्यादित बनाउन परीक्षा केन्द्रहरूको निगरानीलाई थप कडा पारिएको छ । चिट तथा अनियमितता नियन्त्रण गर्न प्रहरीसँग समन्वय गरेर अघि बढी रहेको विद्यालय प्रशासनले जनाएको छ ।
काठमाडौँ। आगामी कात्तिक १५ गतेदेखि नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदै छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न...
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend