Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • इजरायली आक्रमणमा हमासका शीर्ष नेता मारिए


    आइतबार, चैत्र १० २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • एजेन्सी । इजरायली हवाई आक्रमणमा हमासका शीर्ष राजनीतिक नेता सलाह अल–बर्दाविलका दम्पती नै मारिएका छन् ।

    गत मंगलबारदेखि फेरि आक्रमण गरिरहेको दक्षिणी गाजा सहर खान युनिसमा इजरायलको आक्रम्णबाट बर्दाविल र उनकी श्रीमती दुवैको मृत्यु भएको हो ।

    हमासका एक अधिकारीले यो जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ । यद्यपी इजरायली अधिकारीहरूबाट भने यस विषयमा आधिकारीक जानकारी आएको आएको छैन।

    यसअघि जनवरी १९ देखि मार्च ३० सम्म गाजामा युद्धविराम गरिएको थियो । तर यसपछि युद्धविराम अवधि लम्ब्याउने विषयमा दुई पक्षबीच सहमति हुन नसक्दा इजरालले फेरि युद्धलाई निरन्तरता दिएको हो।

    आफूले युद्धविराम लम्ब्याउन पटकपटक प्रस्ताव गर्दा पनि हमासले नमानेको आरोप इजरायले लगाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार