Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले प्रचार विभाग सचिवबाट पाण्डेले दिए राजीनामा


    शुक्रबार, चैत्र ८ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गणेश पाण्डेले राजीनामा दिएका छन् ।

    पार्टी केन्द्रीय सचिवालयको फागुन २८ गतेको बैठकले उनलाई सचिवमा मनोनीत गरेको थियो । गत चैत ३ गते उनले शपथ लिएका थिए ।

    महासचिव शंकर पोखरेललाई सम्बोधन गरेर उनले बुझाएको राजीनामा पत्रमा आफू प्रेस चौतारीको आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदको दाबेदार रहेका कारण दोहोरो जिम्मेवारी नलिने मनसाय नरहेको उल्लेख छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार