काठमाडौं । नेपाल राष्ट्रिय विश्व हिमनदी, जल तथा मौसम सप्ताह २०२५ अन्तर्गत ललितपुरको चाकुपातस्थित युनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेजमा दुई दिने हिम जलविज्ञान तालिम समपन्न भएको छ।
हिउ पग्लिएर कति पानी बग्दछ, तापक्रम बढ्दा हिमतालको सतह कति बढ्छ र हिम नदी कति पछाडि हट्छ, भन्ने विषयहरूमा पूर्वानुमान लगाउन अति उपयोगी जाम्स जे २००० नामक सफ्टवेयर विश्वका धेरै देशहरूमा प्रयोग भइरहेका छन्।
विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ)को आह्वानमा हरेक वर्ष मे महिनाको तेस्रो हप्तामा उक्त संगठनका सबै सदस्य राष्ट्रहरूमा विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाइने सप्ताह यस वर्ष नेपालमा चैत्र ४ देखि १० गते सम्म परेको छ।
नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णय अनुसार जल तथा उर्जा आयोगको सचिवालयको नेतृत्वमा नेपालका सरकारी तथा गै।स।स।हरूले उक्त सप्ताहमा विभिन्न कार्यक्रमहरू आयोजना गर्ने गर्दछन्।
यसै अन्तर्गत अन्तरराष्ट्रिय जल व्यवस्थापन संस्थान (इमि)ले जल तथा मौसमविद् समाज(नेपाल ९सोहम०, एभरेष्ट इन्जिनियरिङ कलेज, द स्मल अर्थ नेपाल (सेन) र युनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेजको सहकार्यमा जल विज्ञान विधामा संलग्न नेपाली महिला प्राविधिकहरूलाई जाम्स जे२००० नामक सफ्टवेयर सफ्टवेयरको तालिम कार्यक्रम सञ्चालन गरेको हो।
उक्त सफ्टवेयर प्रयोग गरी हिउँ पग्लिएर बग्ने पानीको मात्राको अनुमान कसरी गर्ने, हिउँ पग्लिँदा तल्लो भेगमा बग्ने खोलाको बहावमा कस्तो असर पर्छ, र तापक्रममा वृद्धी भई धेरै हिउँ पग्लिँदा भविष्यमा सुख्खा याममा खोलाहरू कत्तिको सुक्छ भन्ने विषयमा दुधकोशी जलाधारको तथ्याङ्कको आधारमा तालिम दिइएको थियो।
दुई दिने तालिमबाट सरकारी, गै।स।स।, निजी कम्पनी तथा विश्वविद्यालयका विद्यार्थी गरी १५ जना महिला प्रशिक्षार्थीहरू लाभान्वित भएका छन्।
कार्यक्रमको समापन सत्रमा अन्तरराष्ट्रिय जल व्यवस्थापन संस्थान ९इमि०, जल तथा मौसमविद् समाज(नेपाल ९सोहम०, द स्मल अर्थ नेपाल तथा युनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेजका प्रतिनिधिहरूले सफल प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए।
आफुले आर्जन गरेको सीपबाट हिम जलविज्ञान सम्बन्धी आफ्नो शोध र थेसिस लेखनमा प्रयोग गर्न सकिने अभिव्यक्ति प्रशिक्षार्थीहरूले दिएका थिए। कार्यक्रमका मूल स्रोत व्यक्ति इमिका प्रख्यात हिम जलविज्ञ श्री सौरम प्राधानाङ्गले तालिमबाट प्राप्त सीपको निरन्तर प्रयोगबाट प्रशिक्षार्थीहरूको क्षमता थप अभिवृद्धि हुने जनाए।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend