Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनको भाउ घट्यो, तोलाको कति पुग्यो ?


    शुक्रबार, चैत्र ८ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको हो ।

    आज छापवाल सुन प्रतितोला १ लाख ७५ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार सुन प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार २ हजार ३० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार ३५ रुपैयाँले घटेर तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार