Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मात्र ५ रनले कर्णाली तेस्रो जीत हासिल गर्न सफल


    बिहिबार, चैत्र ७ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । कर्णाली प्रदेशले तेस्रो जीत हासिल गरेको छ ।

    जारी प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा कर्णालीले लुम्बिनी प्रदेशलाई ५ रनले हराउँदै तेस्रो जित हासिल गरेको हो ।

    बिहीबार सिद्धार्थनगर क्रिकेट मैदानमा कर्णालीले लुम्बिनी प्रदेशविरुद्ध ५ रनको रोमाञ्चक जित निकाल्न सफल भएको हो ।

    कर्णालीले प्रस्तुत गरेको २०६ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४९.४ ओभरमा २०० रनमा समेटिन बिवश भएको हो ।

    त्यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले ४८.५ ओभरमा सबै विकेट गुमाउँदै २०५ रनको योगफल तयार पार्न सफल भएको छ ।

    कर्णालीका लागि दीपेन्द्र रावतले ८४ बलमा ९ चौकाको मद्दतले सर्वाधिक ६६ रनको योगदान गरेका थिए भने अर्जुन घर्तीले ८४ बलमा तीन चौका र दुई छक्काको मद्दतले ५६, सुनिल धमलाले १९, दिनेश अधिकारीले १६, निश्चिल रावल र विपिन रावलले १० रन बनाउन सफल भएका थिए ।

    यो जितसँगै ६ खेलमा ६ अंक जोडेको कर्णाली पाँचौं स्थानमा उक्लिएको छ । पराजित लुम्बिनी सात खेलबाट आठ अंकका साथ तेस्रो स्थानमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार