Nepal Face
  • आइतबार, १० साउन २०८३
  • त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन स्थगित


    बिहिबार, चैत्र ७ २०८१
    915
    Shares
    2017-photo(c)narayan maharjan
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन नै स्थगित भएको छ। निर्वाचन समितिले आज बिहीबार एक सूचना जारी गर्दै स्ववियुको निर्वाचन कार्यक्रम स्थगित भएको बताएको हो।

    नेपाल विद्यार्थी संघ (नेविसंघ)को नाममा दुईवटा प्यानलले उम्मेदवारी दर्ता गरेपछि यहाँ विवाद छ। नेविसंघको असन्तुष्ट पक्षले उच्च अदालतमा रिट निवेदन दायर गरेको थियो। बुधबार न्यायाधीश डालकुमार खड्काको इजलासले छलफलका लागि बोलाउँदै निर्वाचन रोक्न अन्तरिम आदेश जारी गरेको थियो। त्यस्तै आज बिहीबारका लागि दुवै पक्षलाई छलफलका लागि बोलाइएको थियो।

    नेविसंघका अध्यक्ष दुजाङ शेर्पा र अर्का नेता विष्णुबहादुर बडैलाले छुट्टाछुट्टै प्यानल खडा गरेपछि विवाद सुरु भएको थियो। शेर्पाले दीपक जोशीलाई अध्यक्षको उम्मेदवार बनाएर प्यानल बनाएका छन् भने बडैलाले अनुज कार्की नेतृत्वमा प्यानल खडा गरेका छन्।

    बडैलाले निर्वाचन समितिसमेतलाई विपक्षी बनाएर उच्च अदालतमा रिट दायर गरेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार