Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिन्धुपाल्चोकमा समातिएको भेप भाटभटेनीका साहुको भएको सांसदहरुको दावी


    बिहिबार, चैत्र ७ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सिन्धुपाल्चोकमा हालै समातिएको थान भेप भाटभटेनीका साहु मीनबहादुर गुरूङको भएको खुलेको छ ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिषकुमार झा र नेकपा माओवादी केन्द्रका गंगा कार्कीले सो दाबी गरेका हुन् ।

    बिहिवारको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेलाइ जग्गा दान गर्ने भाटभटेनीका साहु मीनबहादुर गुरूङको समान ल्याइरहेको ट्रकवाट उक्त समान बरामद भएको दावी गरेका हुन ।

    ‘भाटभटेनी सुपरस्टोरको समान लिएर आएको ट्रकवाट ७४० थान भेप समातिएको छ, प्रधानमन्त्रीको पार्टी बनाउने दाता भएकाले त्यसलाइ संरक्षण नगरियोस भन्न चाहान्छु’ झाले भने ।

    एमालेका जग्गा दाता मिनबहादुर गुरूङको समान लिएर आएको ट्रकमा अबैध भेप भेटिएको छ, जग्गा दाता भने पछि कुनै कारबाही नहुने हो कि के हो रु’ सांसद झाले प्रश्न उठाएका हुन् ।

    ‘ना ६ ख ५४९६ ट्रक तातोपानी भन्सार नाका, अस्थायी प्रहरी चौकी बार्हबिसेले समातेको छ, यो ट्रक भाटभटेनीको साउको भएको खुलेको छ, यसमा छानबिन गर्न जरूरी छ,’ उनले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार