Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोशी प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस


    बिहिबार, चैत्र ७ २०८१
    825
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले कोशी प्रदेशसभा अधिवेशन आज राति १२ बजेबाट अन्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको चालु छैटौँ अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

    कोशी प्रदेश सरकारका प्रवक्ता रेवती रमण भण्डारीले प्रदेशसभाकोा चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएको जानकारी दिए । प्रदेशसभाको छैटौं तथा हिउँदे अधिवेशन माघ ७ गतदेखि सुरु भएको थियो ।

    त्यस्तै बैठकले कोशी प्रदेश जनस्वास्थ्य नियमावली २०८१ समेत स्वीकृति गर्ने निर्णय गरेको छ भने समस्याग्रस्त सहकारी संस्था वा सङ्घ व्यवस्थापन समितिको सदस्य सचिवमा चन्द्रबहादुर कार्कीलाई तोक्ने निर्णय गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार