Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कैलालीमा मानसिक सन्तुलन नभएकी किशोरीमाथि बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ


    बिहिबार, चैत्र ७ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • धनगढी । कैलालीमा सुस्त मनस्थितिकी एक किशोरीलाई जबर्जस्तीकरणी गरेको आरोपमा १६ वर्षीय किशोरी पक्राउ परेका छन् ।

    बुधबार साँझ साढे ४ बजे कैलारी गाउँपालिका-८ बस्ने किशोरले १५ वर्षीया मानसिक रूपमा सुस्तमनस्थितिकी किशोरीलाई जबर्जस्तीकरणी गरेको भन्दै खबर प्राप्त भएपछि खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरिएको हो ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) डीएसपी कबिन्द्रसिंह बोहराले किशोरलाई पक्राउ गरेर नियन्त्रणमा राखिएको बताए ।

    पीडित किशोरीलाई स्वास्थ परीक्षणका लागि सेती प्रादेशिक अस्पताल पठाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार