Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • आजबाट एसईई परीक्षा सुरू, ५ लाख १४ हजार बिद्यार्थी सहभागी


    बिहिबार, चैत्र ७ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । यस बर्षको एसईई परीक्षा आजबाट सुरू हुँदैछ ।

    परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरका अनुसार परिक्षा बिहान ८ः०० बाट सुरू भएर ११ः०० बजे सकिनेछ ।

    यस बर्षको परीक्षामा पाँच लाख १४ हजार बिद्यार्थी सहभागी हुने भएका छन्  भने जसमध्ये ७५ हजारले यो पटक पुनः एसईई दिंदैछन् ।

    एसईई परीक्षाका लागि देशैभरि २०८० परीक्षा केन्द्र तोकिएको छ ।

    आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । यस दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरासातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा पनि हुँदैछ ।

    दोस्रो दिन चैत ८ गते अनिवार्य नेपाली विषयको परीक्षा हुने छ भने सोही गैरनेपाली विद्यार्थीहरुका लागि अंग्रेजी (इलेक्टिभ इङ्गलिस) को परीक्षा हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार