Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एसईईको प्रश्नपत्र छपाइ शुरू


    सोमबार, फाल्गुन ८ २०७९
    2.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । यस वर्षको एसईई परीक्षाको प्रश्नपत्र छपाइ शुरू भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठसहितको टोली शनिबार जनक शिक्षा सामग्री पुगेको थियो। त्यसलगत्तै हिजो आइतबारबाट प्रश्नपत्र छपाइ शुरू भएको हो ।

    नेपाली सेनासहित तीन सुरक्षा निकायको घेराभित्र प्रश्नपत्र छपाई भइरहेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रवक्ता चित्रकुमार आचार्यले करिब ७२ जनाको सुरक्षा घेरामा प्रश्नपत्र छाप्न थालिएको जानकारी दिए । सुरक्षाको कमान्ड नेपाली सेनाका सेनानीले गरेका छन्।

    भित्री घेरामा नेपाली सेना, त्यसपछि सशस्त्र र सबैभन्दा बाहिरी घेरामा नेपाल प्रहरीको टोली परिचालित छन् । केन्द्रका करिब ५० जना कर्मचारीले प्रश्नपत्र छाप्नेछन्। यो वर्ष ५ लाख १६ हजार विद्यार्थीका लागि प्रश्नपत्र छपाइ भइरहेको छ । परीक्षामा २ लाख ६० हजार छात्र र २ लाख ५६ हजार छात्रा सहभगी हुनेछन् । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार