काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिबाट हुने एसइई परीक्षामा सहभागी हुने विद्यार्थीलाई सफलताको शुभकामना दिएका छन् ।
बुधबार एक भिडियो सन्देश जारी गर्दै ओलीले विद्यार्थीहरूलाई नआत्तिई परीक्षा दिन आग्रह गरेका हुन । ‘अघिल्लो वर्ष अलिक नतिजा त्यति राम्रो भएन, यस पटक मैले तपाईँहरूसँग राम्रो नतिजाको अपेक्षा गरेको छु’, ओलीले भने ।
पहिला पहिला एसइईलाई फलामे ढोका भनिने भएकाले पनि त्यसले विद्यार्थीलाई त्रास बढाउने गरेको उनले स्मरण गरेका छन् । ‘तपाईँहरू परीक्षासँग नतर्सिनुस्, परीक्षा जीवनका कदम कदममा मोड मोडमा आइरहने चिज हो, धेरै परीक्षा उत्तीर्ण गरेर तपाईँहरू यहाँ आइपुग्नु भएको छ, भविष्यमा पनि तपाईँहरूले अनेक परीक्षा पार गर्नुपर्ने छ’, उनले भने ।
प्रधानमन्त्री ओलीले धैर्यताको साथ नआत्तिन राम्रो तयारी गरेर परीक्षा दिन आग्रहसमेत गरेका छन । अनिदो र थकित अवस्थामा राम्रो परीक्षा दिन गाह्रो हुने भन्दै उनले त्यसबाट जोगिन आग्रह गरे । ‘एसइईको परीक्षा आइहाल्यो, त्यस कारण तपाईँहरूसँग खेर फाल्ने समय छैन, मेरो धेरै धेरै शुभकामना छ, तपाईँहरू राम्रो अङ्क प्राप्त गरेर सफलतापूर्वक उत्तीर्ण हुनुस्, सबैमा धेरै धेरै शुभकामना’, ओलीले सन्देशमा भनेका छन ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend