तेल अहिव । इजरायलले गाजामा हमासका प्रधानमन्त्री इसम दिब अब्दुल्लाह अल दलिसको हत्या गरेको छ ।
इजरायलको रक्षा बलले अब्दुल्लाको मृत्यु भएको पुष्टि गरेको हो । अब्दुल्ला, जुलाई २०२४ मा रुही मुश्ताहाको मृत्यु पछि सो पदमा आएका थिए।
अब्दुल्लाले गाजामा हमासको सरकार चलाएका थिए। उसले हमासको संगठन र आतंकवादी गतिविधिको जिम्मेवारी पनि लियो। पछिल्लो २४ घण्टामा इजरायलले हवाई हमलामा हमासका ३ प्रमुख आतंककारीलाई पनि मारेको जनाइएको छ ।
जसमा हमासका कमाण्डर तथा राजनीतिक नेता महमूद मारजुक अहमद अबु वत्फा, बहजत हसन मोहम्मद अबु सल्तान र अहमद ओमर अब्दुल्लाह अल हता रहेका छन ।
इजरायलले हमाससँग जनवरी १९ बाट सुरु भएको युद्धविराम अन्त्य गरेको छ । मंगलबार साँझ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि युद्ध पुनः सुरु गर्ने विषयमा बयान दिएका थिए । नेतान्याहुले भने, ‘इजरायल लड्नेछ र जित्नेछ। हामी हाम्रा मानिसहरूलाई घर फर्काउनेछौं। हमासलाई समाप्त नगरेसम्म हामी पछि हट्ने वा आराम गर्ने छैनौं।’
इजरायलले मङ्गलबार बिहान गाजामा फेरि हवाई आक्रमण सुरु गरेको थियो । अहिलेसम्म इजरायली आक्रमणमा परी ४१३ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । यस हमलासँगै गाजा र इजरायलबीच जनवरी १९ मा भएको दुई महिना पुरानो युद्धविराम तोडिएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend