सिरहा। सिरहामा नक्कली बुवा बनी भारतीय नागरीकलाई नागरीकता बनाउने अमानत मिँयालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
भारतको विहार मधुबनी जिल्ला, जयनगर ग्राम पञ्चायत देउधाका मोस्ताक मिँयाको नक्कली बुवा बनेर नागरीकता दिलाउने नरहा गाँउपालिका- ३ खोरीयाका अमानत मिँयालाई प्रहरीले अनुसन्धानको लागी नियन्त्रणमा लिएको हो ।
वडाले सिफारीसलाई आधार मानी जिल्ला प्रशासन कार्यालय सिरहाले २०८० असार २६ मा भारतीय नागरिक मोसताकका नाममा १५०१८०–४३६२ नम्बरको नागरिकता जारी गरिएको थियो । नक्कली बुवा बनेका अमातन मियाँलाई मंगलबार साँझ घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ।
मिँयालाई नियन्त्रणमा लिए पनि विभिन्न राजनितिक दवावका कारण वडा अध्यक्ष रुस्तम अन्सारी र सचिव रामदेव मण्डललाई प्रहरीले प्रकाउ गर्न नसकेको स्थानियहरुको आरोप छ। नेपालमा सानालाई ऐन ठुलालाई चैन भनेझै यो घटनाक्रमले देखाएको स्थानियहरुको भनाई छ।
भारतीय नागरिकलाई नागरिकता दिएको भन्दै करिव डेढवर्ष पहिले नै स्थानियहरुले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए । तर, प्रशासन कार्यालयले कुनै चासो देखाएनन्। आर्थिक प्रभाव र राजनितिक दवावका कारण कार्यवाहीको प्रकृया रोकिएको थियो।
विभिन्न मिडियामा समाचारहरु सम्प्रेषण भएपछि सिराहा क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सदस्य राजकिशोर यादवले समेत सदनमै अवाज उठाएका थिए। सदनमा अवाज उठेपछि कार्यवाहीको प्रकृया अगाडी बढाईएको स्रोतको दावी छ।
सिरहा जिल्ला अदालतबाट आज म्याद लिएर उनीमाथि विस्तृत अनुसन्धान सुरु भएको प्रहरीले बताए । यसमा संलग्न सबैलाई अनुसन्धान र कारबाहीको दायरामा ल्याउँने प्रहरीले जनाएको छ।
नरहा गाँउपालिका वडा नम्वर ३ का वडाध्यक्ष रुषतम अन्सारी र वडा सचिव रामदेव मण्डलले भारतीय नागरीकसँग दुईलाख भारतीय रुपैया लिएर नागरिकताको सिफारिस गरेको विषयमा न्युज कारखानाले फागुन १२ गते पहिलो पटक समाचार सम्प्रेषण गरेको थियो।
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
काठमाडौँ। आगामी कात्तिक १५ गतेदेखि नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदै छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न...
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend