काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राजतन्त्र फर्काउन कुनै हालतमा पनि नदिने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै राजतन्त्र फर्किन्छ भन्ने आफूहरूले नसोचेको बताए।
उनले भने, ‘राज्य प्रणाली, निर्वाचन प्रणाली दल र नेतामा सुधार गर्नुपर्छ, फजुल सेवा सुविधा, भ्रष्टाचार र कमिसन, भागबन्डा मिलेमतोमा रमाउनु लोकतन्त्र होइन। त्यसको अन्त्य गर्नुपर्छ। आपसमा गालीगलौज वा कुनै उथलपुथल गरेर होइन। आफैँतिर फर्केर समीक्षा गर्नुपर्छ। आज हामीले आफैँतिर फर्केर समीक्षा गर्ने गरेका छैनौँ।’
संविधान र लोकतन्त्रका पक्षधर पार्टी र सरकारले जनतामा देखिएको विरोध र आक्रोशलाई नजरअन्दाज गर्न नहुने बताए। उनले दल र नेताहरूले आफैँतिर फर्किएर गम्भीर आत्मसमीक्षा गर्न आवश्यक रहेको औँल्याए।
उनले थपे, ‘जनता पछि फर्किन चाहेका होइनन्, उन्नत लोकतन्त्र चाहेका हुन्। सरकार पार्टी र नेताबाट गर्नुपर्ने, प्रणालीगत सुधार, संविधानगत बनाउनुपर्ने कानुन निर्माण गर्न माग गरेका हुन्। जनताले उठाएको आवाजलाई सुन्नै पर्छ। राज्य पार्टी र नेताहरूले जनतासँग संवाद गर्नुपर्छ। आफ्नो कमीकमजोरीहरू सार्वजनिक गर्नकै लागि हामीले गरेका कमजोरीका पक्षमा श्वेतपत्र जारी गर्नुपर्छ।’
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend