Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसदमा खतिवडाको प्रश्न: २५ करोडको असली मालिक को हो ?


    बुधबार, चैत्र ६ २०८१
    1.3K
    Shares
    sf7df8f}F, !@ r}tM k|ltlglw;ef a}7sdf ;f+;b vltj8f k|ltlglw;efsf] cfOtaf/ a;]sf] a}7ssf] ;'?df g} ;do lnP/ wf/0ff /fVb} ;f+;b /fdxl/ vltj8f . tl:a/ M /Tg >]i7÷/f;;
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेस सांसद रामहरि खतिवडाले २५ करोड बराबरको अवैध मुद्राको छानबिन हुनु पर्ने माग गरेका छन् । यस्ता घटनामा ड्राइभर, भरिया जस्ता साना मान्छे पक्रने तर मालिकसम्म पुगेर अनुसन्धान नहुने प्रवृति देखिएको भन्दै उनले उचित छानबिनको माग गरेका हुन् ।

    बुधवारको जारी प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खतिवडाले छानबिन हुदैँन भन्ने गलत भाष्य चिर्न पनि २५ करोड बरामद घटनाको मुख्य नाइके पत्ता लगाउने गरी छानबिन हुनु पर्ने माग राखेका हुन ।

    ‘नेपाल सरकारले हिजो अवैध रुपमा सिन्धुपाल्चोकका कुसान लामा ड्राइभरले हाकेको एउटा ट्रकबाट २५ करोड नेपाली रुपैयाँ युरो र डलर गरेर समात्न सफल भएकोमा सरकारलाई धन्यवाद दिन चाहन्छु। कहिले सुन तस्करीका रुपमा त कहिले डलर तस्करीका रुपमा प्रयोग हुने ड्राइभर र भरियाहरूलाई समाउने । जो धनी छ उनीहरू कहाँ नपुग्ने। यो प्रवृत्तिलाई अन्त्य गर्न सरकारसँग माग गदर्छु,’ उनले संसदमा भने ।

    ‘कहिले १८ किलो सुन, कहिले ३३ किलो सुनका नाममा यसैगरी विभिन्न भरिया र ड्राइभरलाई पक्रिने र मालिकसँग नपुग्ने प्रवृत्ति हिजोका दिनमा देखिएको थियो, अब सरकारले गहिरो अनुसन्धान गरेर मुख्य व्यक्तिलाई समात्नु पर्छ, नत्र यो अनुसन्धान आँखामा छारो हालजस्तो देखिन पुग्छ,’ उनको माग रहेको छ।

    सोमवार राती प्रहरीले काठमाडौंको टोखाबाट करिब २५ करोड बराबरको विदेशी मुद्रासहित सिन्धुपाल्चोकका कुसान लामालाई पक्राउ गरे पछि सो बिषय संसदमा पनि उठेको हो । यसअघि माओवादी सांसद माधवप्रसाद सापकोटाले सो घटनामा बिशेष छानबिन समिति बनाउन माग गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार