विराटनगर । मोरङका चार क्याम्पसको स्ववियु सभापतिमा नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारीले जितेको छ । मोरङमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका ८ वटा क्याम्पसको मतपरिणाम सार्वजनिक हुँदा अखिल क्रान्तिकारीले चार वटा क्याम्पसको स्ववियु जितेको हो ।
आंगिक क्याम्पसमध्ये विराटनगरको डिग्री क्याम्पसमा र विराटनगर नर्सिङ क्याम्पसमा अखिल क्रान्तिकारीले जितेको छ । डिग्री क्याम्पसमा क्रान्तिकारीका प्रीतम साहको प्यानलै निर्वाचित भएको छ । नर्सिङ क्याम्पसको सभापतिमा पनि अखिल क्रान्तिकारीका रोहित ताजपुरिया निर्वाचित भएका छन् ।
कानेपोखरीस्थित रमाइलो क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका अनिश कार्की निर्वाचित भए । मोरङको मिक्लाजुङ क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका सुजन घिमिरे निर्वाचित भए ।
केरावारीको खदम क्याम्पसको सभापतिमा अनेरास्ववियुका सङ्गम कन्दङ्वा विजयी भएका छन् । सुन्दरहरैचाको सुकुना बहुमुखी क्याम्पसमा पनि अनेरास्ववियुका एलिस ओझा विजयी भएका छन् ।
पथरी बहुमुखी क्याम्पसको सभापतिमा नेविसंघका केशर राई र उर्लाबारी बहुमुखी क्याम्पसको सभापतिमा पनि नेविसंघकै पोषण आचार्य निर्वाचित भएका छन् । महेन्द्र मोरङ क्याम्पस, विराटनगरमा भने मतगणना जारी छ ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend