Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चुनावको माग गर्दै कान्तिपुर इन्जिनियरिङ कलेजमा स्ववियु अध्यक्ष उम्मेदवार घिमिरे अनशनमा


    मंगलबार, चैत्र ५ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । धापाखेलस्थित कान्तिपुर इन्जिनियरिङ कलेजमा अनेरास्ववियुबाट अध्यक्षको उम्मेदवार बनेका सन्देश घिमिरे आमरण अनशनमा बसेका छन् ।

    स्ववियु चुनावको माग गर्दै उनी अनशनमा बसेको कलेजमा अध्ययनरत एक विद्यार्थीले जानकारी दिए । अखिल क्रान्तिकारीले मौन अवधिमा उमेदवारीमाथि प्रश्न गरेर कलेज प्रशासनलाई विज्ञप्ति बुझाएको थियो । सोही विज्ञप्तिका कारण कलेज प्रशासनले चुनाव स्थगित गरेको बताइएको छ ।

    चुनाव स्थगित भएपछि चुनावको माग राखेर घिमिरे अनशनमा बसेका हुन् । अखिल क्रान्तिकारीले अनेरास्ववियुले मनोनयनको दिन ढिला गरी मनोनयन गरेको आरोप लगाएको छ । तर यसमा सत्यता नरहेको अनेरास्ववियुले दाबी गरेको छ । निर्वाचन समितिले पनि अखिलक्रान्तिकारीको विज्ञप्तिका कारण प्रक्रिया रोकिएको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार