Nepal Face
  • आइतबार, १० साउन २०८३
  • परराष्ट्रमन्त्री राणा र युक्रेनी विदेशमन्त्रीबीच भेटवार्ता, ७ नेपालीलाई रिहा गरिदिन आग्रह


    मंगलबार, चैत्र ५ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। परराष्ट्रमन्त्री आरजु राणा देउवाले युक्रेनका विदेश मन्त्री आन्द्रिई सिबिहासँग भेटवार्ता गरेकी छन् ।

    भारतको राजधानी नयाँ दिल्लीमा जारी राइसिना संवादमा सहभागिताका लागि आएका बेला सिबिहासँग परराष्ट्र मन्त्री देउवाले छुट्टै भेट गरेकी हुन् ।

    उनले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेअनुसार, भेटका क्रममा उनले युक्रेनी सेनाद्वारा युद्धबन्दीका रूपमा कब्जा गरिएका ७ जना नेपालीलाई रिहाइ गर्न आग्रह गरेकी छन् ।

    ‘उनीहरूको रिहाइ र स्वदेश फिर्तीको प्रक्रियालाई सहज बनाउन अनुरोध गरेँ’, उनले भनेकी छन्, ‘हामीले नेपाल–युक्रेन सम्बन्ध सुदृढ गर्ने सम्भावनाहरूबारे पनि छलफल गरेको छु ।’

    सोही अवसरमा नेपाल र युक्रेनबीच कूटनीति, अफिसियल र सेवा राहदानी वाहकहरूका लागि भिसा छुट सम्बन्धी सम्झौतामा पनि हस्ताक्षर भएको उनले बताएकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार