Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • २५ करोड बराबरको यूरो र अमेरिकी डलर बोकेर केरुङतर्फ जाँदै थिए लामा


    मंगलबार, चैत्र ५ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको टोखा नगरपालिकास्थित झोर क्षेत्रबाट २५ करोड रुपैयाँसहित पक्राउ परेको ट्रक रसुवाको केरुङतर्फ जाँदै गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

    ना ७ ख १६५२ नम्बरको ट्रकमा २५ करोड बरबरको यूरो र अमेरिकी डलर लुकाएर लाँदै गरेको अवस्थामा प्रहरीले सिन्धुपाल्चोकका ४३ वर्षीय कुसान लामालाई सोमबार राति पक्राउ गरेको थियो ।

    भोटेकोशी गाउँपालिका–१ का लामाले चालक सिट पछाडि फल्स बटम बनाएर रकम राखेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।

    पक्राउ परेका लामालाई प्रहरीले मंगलबार दिउँसो पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । प्रहरीका अनुसार उनी यसअघि सुन तस्करी प्रकरणमा समेत समातिएका थिए । उनी ७ किलो सुन सहित कलंकीबाट समातिएर २०७८ मा छुटेका थिए ।

    उनलाई रसुवाबाट गल्छी हुँदै काठमाडौं आइरहेको बा ८ च ७४२० नम्बरको हाइलक्स गाडीबाट ७ किलो सुनसहित प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि थप अनुसन्धान जारी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार