Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इजरायलद्वारा गाजा पट्टीमा भीषण आक्रमण, ३२६ प्यालेस्टिनी मारिए


    मंगलबार, चैत्र ५ २०८१
    1.3K
    Shares
    05 May 2019, Palestinian Territories, Gaza City: An explosion goes off in a building targeted by an Israeli airstrike. Photo: Ibrahim Khalaf/APA Images via ZUMA Wire/dpa
    नेपाल फेस
  • १ मिनेट पाठ
  • प्यालेस्टिनी । इजरायलले जनवरीको युद्धविरामपछि मंगलबार गाजा पट्टीमा भीषण आक्रमण गर्दा कम्तिमा ३२६ जना प्यालेस्टिनी मारिएका छन् ।

    उद्धारकर्ताहरूले कम्तिमा पनि ३२६ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

    मंगलबार इजरायलले गागा क्षेत्र भरी, जसमा दक्षिणी गाजामा खान युनिस र रफाह, उत्तरमा गाजा शहर र देइर अल(बलाह जस्ता मध्य क्षेत्रहरूमा भीषण आक्रमण गरेको अलजजिराले जनाएको छ ।

    अलजजिराका अनुसार मारिनेमा अधिकांश बालबालिकाहरू रहेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    ‘३२६ जना शहीदहरूको शव गाजाको अस्पतालमा आइपुगेका छन्,’ प्यालेस्टाइनका स्वास्थ्य मन्त्रीले भनेका छन्, ‘अरू थुप्रै पीडितहरू अझै भग्नावशेषमुनि छन् ।’

    गाजामा शासन गर्ने हमासले इजरायलको आक्रमणलाई जनवरी १९ मा सुरु भएको युद्ध विरामको एकतर्फी रद्दको रूपमा हेरेको बताएको छ।

    साथै हमासले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई युद्धविराम विस्तार गर्ने गतिरोधपछि ‘युद्ध पुनः सुरु गर्ने’ निर्णय गरेको आरोप लगाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार