काठमाडौं । चीनमा सुँगुरको मिर्गौला मान्छेमा सफलतापूर्वक प्रत्यारोपण अमेरिकापछि चीनमा पनि मान्छेमा सुँगरको मिर्गौला प्रत्यारोपण गरिएको छ । चिनियाँ समाचार संस्था सिन्ह्वामा प्रकाशित खबरअनुसार चीनको शान्सी प्रान्तमा रहेको एयर फोर्स मेडिकल युनिभर्सिटीस्थित सिजिङ अस्पतालमा सुँगुरको मिर्गौला मान्छेमा प्रत्यारोपण गरिएको छ ।
त्यहाँको मेडिकल टिममले यसी मार्च ६ मा ६९ वर्षीय एक महिलामा अणुवांशिक रुपमा तयार पारिएको सुँगुरको मिर्गौला प्रत्यारोपण गरेको हो । मिर्गौला प्रत्यारोपण भई यसमा रक्तप्रवाह हुनेबित्तिकै यसले पिसाब उत्पादन गरी काम गर्ने सुरु गरेको भनिएको छ।
प्रत्यारोपण भएको तेस्रो दिनदेखि नै मिर्गौलाले सामान्य अवस्थामा जस्तै काम गर्न थालिसकेको थियो । छैटौँ दिनसम्म पनि मिर्गौलाको कार्य स्थिर र राम्रो रहेको बताइएको छ । छैटौँ दिनमा मिर्गौलाले २४ घण्टामा ५ हजार ४६८ मिलिलिटर पिसाब उत्पादन गरेको थियो।
सिरम क्रिएटिनिन लेभल र मिर्गौलाले गर्ने जैविक कार्यका सूचकहरु राम्रो रहेको छ । सिन्ह्वाले उल्लेख गरेअनुसार ती महिलाको मिर्गौला फेल भएको कुरा ८ वर्षअघि पत्ता लागेको थियो । उपयुक्त दाता फेला नपार्दा प्रत्यारोपण हुन सकेको थिएन । हप्तामा ३ पटक डायलासिस गर्दै आएकी थिइन् । पछिल्लो समय डायलासिसका कारण हुने जटिलताहरूले गर्दा उनको स्वास्थ्य बिग्रँदै गएको थियो।
यो सफलता यो सफलता चिकित्सा क्षेत्रमा एक कोसेढुंगा सावित हुने चिकित्सकहरूको भनाइ छ । अंगदाताको अभावमा प्रत्यारोपण गर्न नपाएका कयौँ बिरामीका लागि यो नयाँ आशा भएको प्रत्यारोपणको नेतृत्व गर्ने सिजिङ अस्पताल डाक्टर डु केफेङले बताएका छन् ।
चीनमा अहिले करिब १३ करोड मिर्गौला फेल भएको व्यक्ति रहेको सिन्ह्वाले जनाएको छ । हरेक वर्ष लाखौँको संख्यामा मिर्गौला बिरामीहरु बढिरहेका छन्। गत वर्ष पहिलो पटक अमेरिकामा सुँगुरको मिर्गौला मान्छेमा सफलतापूर्वक प्रत्यारोपण गरिएको थियो।
म्यासाचुसेट्स राज्यस्थित म्यासाचुसेट्स जनरल अस्पतालका चिकित्सकले उक्त सफलता हात पारेका थिए । मिर्गौला प्रत्यारोपण गरिएका ६२ वर्षीय ती पुरुषको करिब २ महिनापछि मृत्यु भयो । यसै वर्षको जनवरीमा पनि म्यासाचुसेट्स अस्तपालमै सुँगुरको मिर्गौला लिएर अर्को प्रत्यारोपण भएको थियो।
गतवर्ष चिनियाँ वैज्ञानिकहरूले जेनेटिक रुपमा परिमार्जित सुँगरको मिर्गौला बाँदरमा प्रत्यारोपण गरी परीक्षण गरेका थिए । त्यसले ६ महिनासम्म राम्रो काम गरेको रिपोर्टले देखाएको थियो । यसपछि मान्छेमा पनि लामो समय काम गर्छ भन्ने निष्कर्ष निकालिएको थियो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend