काठमाडौं । चीनमा सुँगुरको मिर्गौला मान्छेमा सफलतापूर्वक प्रत्यारोपण अमेरिकापछि चीनमा पनि मान्छेमा सुँगरको मिर्गौला प्रत्यारोपण गरिएको छ । चिनियाँ समाचार संस्था सिन्ह्वामा प्रकाशित खबरअनुसार चीनको शान्सी प्रान्तमा रहेको एयर फोर्स मेडिकल युनिभर्सिटीस्थित सिजिङ अस्पतालमा सुँगुरको मिर्गौला मान्छेमा प्रत्यारोपण गरिएको छ ।
त्यहाँको मेडिकल टिममले यसी मार्च ६ मा ६९ वर्षीय एक महिलामा अणुवांशिक रुपमा तयार पारिएको सुँगुरको मिर्गौला प्रत्यारोपण गरेको हो । मिर्गौला प्रत्यारोपण भई यसमा रक्तप्रवाह हुनेबित्तिकै यसले पिसाब उत्पादन गरी काम गर्ने सुरु गरेको भनिएको छ।
प्रत्यारोपण भएको तेस्रो दिनदेखि नै मिर्गौलाले सामान्य अवस्थामा जस्तै काम गर्न थालिसकेको थियो । छैटौँ दिनसम्म पनि मिर्गौलाको कार्य स्थिर र राम्रो रहेको बताइएको छ । छैटौँ दिनमा मिर्गौलाले २४ घण्टामा ५ हजार ४६८ मिलिलिटर पिसाब उत्पादन गरेको थियो।
सिरम क्रिएटिनिन लेभल र मिर्गौलाले गर्ने जैविक कार्यका सूचकहरु राम्रो रहेको छ । सिन्ह्वाले उल्लेख गरेअनुसार ती महिलाको मिर्गौला फेल भएको कुरा ८ वर्षअघि पत्ता लागेको थियो । उपयुक्त दाता फेला नपार्दा प्रत्यारोपण हुन सकेको थिएन । हप्तामा ३ पटक डायलासिस गर्दै आएकी थिइन् । पछिल्लो समय डायलासिसका कारण हुने जटिलताहरूले गर्दा उनको स्वास्थ्य बिग्रँदै गएको थियो।
यो सफलता यो सफलता चिकित्सा क्षेत्रमा एक कोसेढुंगा सावित हुने चिकित्सकहरूको भनाइ छ । अंगदाताको अभावमा प्रत्यारोपण गर्न नपाएका कयौँ बिरामीका लागि यो नयाँ आशा भएको प्रत्यारोपणको नेतृत्व गर्ने सिजिङ अस्पताल डाक्टर डु केफेङले बताएका छन् ।
चीनमा अहिले करिब १३ करोड मिर्गौला फेल भएको व्यक्ति रहेको सिन्ह्वाले जनाएको छ । हरेक वर्ष लाखौँको संख्यामा मिर्गौला बिरामीहरु बढिरहेका छन्। गत वर्ष पहिलो पटक अमेरिकामा सुँगुरको मिर्गौला मान्छेमा सफलतापूर्वक प्रत्यारोपण गरिएको थियो।
म्यासाचुसेट्स राज्यस्थित म्यासाचुसेट्स जनरल अस्पतालका चिकित्सकले उक्त सफलता हात पारेका थिए । मिर्गौला प्रत्यारोपण गरिएका ६२ वर्षीय ती पुरुषको करिब २ महिनापछि मृत्यु भयो । यसै वर्षको जनवरीमा पनि म्यासाचुसेट्स अस्तपालमै सुँगुरको मिर्गौला लिएर अर्को प्रत्यारोपण भएको थियो।
गतवर्ष चिनियाँ वैज्ञानिकहरूले जेनेटिक रुपमा परिमार्जित सुँगरको मिर्गौला बाँदरमा प्रत्यारोपण गरी परीक्षण गरेका थिए । त्यसले ६ महिनासम्म राम्रो काम गरेको रिपोर्टले देखाएको थियो । यसपछि मान्छेमा पनि लामो समय काम गर्छ भन्ने निष्कर्ष निकालिएको थियो ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend