Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्वर्गद्वारी गुठी किसानका समस्याप्रति संसदीय समितिले छलफल गर्दै


    सोमबार, चैत्र ४ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। स्वर्गद्वारी गुठी किसानका समस्याप्रति संसदीय समितिको चासो देखाएको छ । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले यो विषयमा छलफल चलाउँदै छ ।

    समितिको बैठक मंगलबार बिहान साढे ११ बजे बस्ने गरी बोलाइएको छ । नेपालमा बाँझो जग्गा, अव्यवस्थित बसोबास, भूमिहिन सुकुम्वासी, अतिक्रमित तथा हदबन्दी छुट लिएको जग्गाको अवस्था र स्वर्गद्वारी गुठी किसानका समस्या समाधानका सम्बन्धमा भएको कार्य प्रगति लगायतका विषय समितिको बैठकको कार्यसूचीमा छ ।

    यो विषयमाथिको छलफलमा संसदीय समितिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र मन्त्रालयका सचिवलगायतका अधिकारीलाई समेत बोलाएको छ ।

    दाङको स्वर्गद्वारी गुठीपीडित मोही किसानहरू गत माघ २० गतेदेखि काठमाडौँको माइतीघर मण्डलामा धर्नामा छन् । उनीहरूको मागको विषयमा सरकार गम्भीर नभएको भनेर संसदमा समेत सरकारको आलोचना भइराखेको छ ।

    यही बेला संसदीय समितिले स्वर्गद्वारी गुठी किसानका समस्याप्रति चासो देखाएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार