Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक आह्वान


    सोमबार, चैत्र ४ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

    मंगलबार दिउँसो साढे १ बजेका लागि पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बोलाइएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

    सचिवालय प्रमुखसमेत रहेका महामन्त्री बर्तौलाले दिएको जानकारीअनुसार मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा बैठकमा गम्भीर छलफल हुनेछ । ‘पछिल्लो राजनीतिक अवस्थाको गम्भीर समीक्षा, भ्रष्ट शासन र शासकबाट मुक्तिको लागि आन्दोलन अपरिहार्य भएकाले आन्दोलनको स्वरुप र भावी रणनीति निर्माणबारे बैठक केन्द्रित हुनेछ,’ उनले भने ।

    एक्ला–एक्लै आन्दोलन गरेर निष्कर्षमा नपुगिने हुँदा विचार मिल्नेहरू सबैसँग मोर्चाबन्दी गरेर आन्दोलनमा जानुपर्ने राप्रपा नेपालले बताउँदै आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार