Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गभर्नर अधिकारी भोलिदेखि विदा बस्दै, कामुको जिम्मा नीलम ढुंगानालाई


    सोमबार, चैत्र ४ २०८१
    800
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकार भोलि (मंगलबार) बाट विदामा बस्ने भएका छन्।

    ०७६ चैत २४ मा नियुक्ति पाएर पाँच वर्षे कार्यकालको अन्तिम समयमा रहेका गभर्नर अधिकारी १० दिन अनिवार्य विदामा बस्न लागेका हुन्।

    ५ वर्ष राष्ट्र बैंकको नेतृत्व गरेका अधिकारीको कार्यकाल चैत २४ गते सकिँदै छ। कार्यकालको अन्तिम प्रहरमा रहेका उनले राष्ट्र बैंकमा १० दिने विदा लिएका हुन्।

    भोलिबाटै विदामा बस्ने भएपछि कायममुकायम जिम्मा डेपुटी गभर्नर डा. नीलम दिइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार