काठमाडौं । सर्वोच्च अदालतले अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रालाई स्वास्थ्य सचिव नियुक्त नगरिएकोप्रति कारण देखाउ आदेश जारी गरेको छ ।
वरिष्ठताको क्रममा अगाडि भएपनि आफूलाई स्वास्थ्य सचिव नियुक्त नगरिएको भन्दै मिश्राले चैत १ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।
उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।
साथै सर्वोच्चले छलफलका लागि दुवैपक्षलाई बोलाएको छ । २ फागुनमा पूर्वसचिव डा।रोशन पोखरेलको कार्यकाल सकिएसँगै नयाँ सचिवका लागि मन्त्रालयका तीन अतिरिक्त सचिवहरु डा।मिश्रा, डा। विकास देवकोटा र डा।टंक बाराकोटी सिफारिस भएका थिए ।
२१ फागुनमा बसेको मन्त्रिपरिषद बैठकले पहिलो नम्बरमा रहेकी मिश्रालाई छाडेर अतिरिक्त सचिव डा. विकास देवकोटालाई सचिवमा बढुवा गरेपछि मिश्रा सर्वोच्च पुगेकी हुन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend