Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महोत्तरीको बर्दिवासमा ५ सय केजीभन्दा बढी गाँजा बरामद


    सोमबार, चैत्र ४ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • महोत्तरी । लागुऔषध नियन्त्रण व्युरो शाखा बर्दिवासले ५ सय केजी भन्दा बढी गाँजा नियन्त्रणमा लिएको छ ।

    सिन्धुली हुँदै बर्दिवास तर्फ आउदै गरेको बा ३ ख ५८३२ नंम्बरको भ्यानभित्र राखेको ५४७ केजी गाँजा बर्दिवासस्थित गौरिडाँडावाट बरामद गरेको हो ।

    बिशेष सुचनाको आधारमा व्युरो शाखाले उक्त भ्यानमा खोजतलास गर्दा ठुलो मात्रामा गाँजा फेला पारेको लागुऔषध नियन्त्रण व्युरो शाखा बर्दिवासका प्रमुख सरोज कुमार अधिकारीले जानकारी दिए ।

    प्रमुख अधिकारीका अनुसार भ्यान चालक सलिन मगरलाई पक्राउ गरिएको छ । सिन्धुपाल्चोक ठुलो भन्ज्याङ घर भएका मगरलाई नियन्त्रण लिएर अहिले ईलाका प्रहरी कार्यालय बर्दिवासमा राखिएको प्रहरीले जनाएको छ ।

    गत १७ गते पनि बर्दिवासवाट खटिएको व्युरो टोलीले झन्डै सय केजी खैरो हिरोईन पक्राउ गरेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार