Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रोजगारीका लागि पछिल्लो ८ महिनामा ५ लाख ३४ हजारले देश छाडे


    आइतबार, चैत्र ३ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिना (साउन-फागुन) मा कामको खोजीमा झन्डै साढे ५ लाख युवाले देश छाडेका छन् ।

    वैदेशिक रोजगार विभागका अनुसार फागुनमा मात्र ६८ हजार ९ सय ६३ युवाले श्रम स्वीकृति लिएका छन् । योसँगै यस वर्ष कुल ५ लाख ३४ हजार ४ सय ७१ युवाले देश छाडेको देखिन्छ ।

    यो संख्या गत आव २०८०/८१ को यसै अवधिको तुलनामा ६३ हजारभन्दा धेरै हो । अघिल्लो वर्ष ८ महिनामा ४ लाख ७१ हजार युवाले श्रम स्वीकृति लिएको देखिन्छ । यो नयाँ तथा पुनः श्रम स्वीकृति लिने युवाको संख्या हो ।

    नेपालबाट अहिले मासिक औसत ६६ हजार ८ सय ८ युवा काम खोज्दै बिदेसिने गरेका छन् । प्रतिदिन औसत २ हजार २ सय २७ युवाले देश छाडेको देखिन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार