काठमाडौँ । अमेरिकाको ट्रम्प प्रशासनले दर्जनौं देशका नागरिकहरूका लागि यात्रा प्रतिबन्ध जारी गर्ने तयारी गरेको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार भुटानसहित ४१ देशलाई अमेरिकामा प्रतिबन्ध लगाउने तयारी गरेको छ । ती देशहरूलाई तीन समूहमा विभाजन गरिएको छ । जसमा पहिलो समूहमा दश देशहरू समावेश छन् । यसमा अफगानिस्तान, इरान, सिरिया, क्युबा र उत्तर कोरिया र अन्य देशहरू समावेश छन् । उनीहरूको भिसामा पूर्ण प्रतिबन्ध लगाउने बताइएको छ ।
त्यस्तै दोस्रो समूहमा पाँच देशका नामहरू छन् । यसमा इरिट्रिया, हैटी, लाओस, म्यानमार र दक्षिण सुडान समावेश छन् । यी देशहरूलाई आंशिक निलम्बन लगाइने छ, जसले पर्यटक र विद्यार्थी भिसाका साथै आप्रवासी भिसालाई पनि असर गर्नेछ ।
त्यसैगरी तेस्रो समूहमा कुल २६ देशहरू समावेश छन् । यसमा बेलारुस, पाकिस्तान, तुर्कमेनिस्तान जस्ता देशहरू समावेश छन् । यदि यी देशका सरकारहरूले ‘६० दिन भित्र कमजोरीहरूलाई सम्बोधन गर्न प्रयास गरेनन्’ भने, ती देशहरूलाई भिसा जारी गर्न आंशिक प्रतिबन्ध लगाउने बताइएको छ ।
ट्रम्प प्रशासनका अधिकारीलाई उदृत गर्दै यो सूचीमा परिवर्तन हुन सक्ने र यसलाई अमेरिकी प्रशासन र अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पारित गर्न बाँकी रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको गोताखोर तथा विपद् व्यवस्थापनसहितको टोलीले गत वैशाखदेखि असार मसान्तसम्मको अवधिमा विभिन्न घटना तथा दुर्घटना र विपद् जोखिममा परेका...
२०८३ साउन ६ गते बुधबार नेपाल फेस डटकमा प्रकाशित ‘गगन थापाका भित्रियालाई बिराजभक्त र सभामुखले गुठीमै किन रोजे ?’ शीर्षकको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend