Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आइतबार सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?


    आइतबार, चैत्र ३ २०८१
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । स्थानीय बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला चार सय रुपैयाँले घटेको हो ।

    आज(आइतबार) छापवाल सुन तोलाको १ लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि शुक्रबार तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

    यस्तै, चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला ५ रुपैयाँले घटेर २ हजार ४५ रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा २ हजार ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार