Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मोरङमा एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु


    आइतबार, चैत्र ३ २०८१
    935
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कोशी राजमार्गअन्तर्गत मोरङको बूढीगंगा खण्डमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    शनिबार राति बूढीगंगा गाउँपालिका–३ स्थित महालक्ष्मी वायरअगाडि मनमाया श्रेष्ठ स्मृति प्रतिष्ठान मोरङको एम्बुलेन्स दुर्घटना हुँदा चालक २४ वर्षीय आशिष राईको मृत्यु भएको हो ।

    दुर्घटना गम्भीर घाइते भएका उदयपुरको पञ्चावती घर भइ मोरङको बूढीगंगा–२ मा बस्दै आएका चालक राईलाई उपचारका लागि विराट शिक्षण अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार