काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले अन्तर्राष्ट्रियस्तरको दोस्रो ‘महिला नेतृत्व सम्मेलन’ आज आयोजना गर्दैछ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको सहकार्यमा सीएनआईको ‘उमन लिडरसिप फोरमले’ सम्मेलन आयोजना गरेको हो ।
सम्मेलनको उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान नौ बजे होटल सोल्टीमा गर्ने छन् । सम्मेलनमा प्रविधि र इनोभेसन, वमन इन सष्टेनेवल एग्रीकल्चर, इन्भेष्टिङ इन वमन, बीवेण्ड बाउन्ड्रिज विषयमा सत्रगत रुपमा छलफल हुनेछ ।
सीएनआई अध्यक्ष राजेशकुमार अग्रवालका अनुसार यो सम्मेलन वर्तमान एवं सफल उदाहरणहरूमा केन्द्रित हुनेछ, जसले महिलालाई प्रेरित गर्ने छ । सम्मेलनले परिवर्तन प्रेरित महिला नेतृत्व, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूलाई एउटै थलोमा ल्याउने र नेपाल सरकार, सरोकारवाला निकायहरूले लिनुपर्ने नीतिगत विषयमा छलफल हुने उनले बताए ।
सम्मेलनमा राजनीति, आर्थिक, सामाजिक, स्वास्थ्य, वातावरण लगायत क्षेत्रमा स्थापित, रूपान्तरणकारी एवं प्रभावशाली राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा ख्यातिप्राप्त महिला सहित करिब ५ सय जनाको सहभागिता हुने सीएनआई महिला नेतृत्व फोरम सभापति छाया शर्माले बताइन् ।
सीएनआईका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले यस्ता सम्मेलनले महिलालाई अगाडि बढाउन सहयोग पुग्ने बताए ।सम्मेलनमा ‘मेक इन नेपाल’ स्वदेशी वस्तुहरूको प्रदर्शनी समेत गरिने सीएनआईले जनाएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend