काठमाडौँ । समाजवादी मोर्चाले संघीयता र गणतन्त्रको विरुद्धमा भइरहेको चलखेलको विरोधमा चैत १५ गते प्रदर्शन गर्ने भएको छ ।
शबिनर मोर्चाले बुद्धिजिवीहरुसँग छलफल गरेर गरेको पत्रकार सम्मेलन गर्दै देशमा विकसित नयाँ परिस्थिति र प्रतिगामी तत्वहरुको क्रियाकलापबारे समाजवादी मोर्चा, नेपालको दृष्टिकोण अगाडि सार्न र आगामी कार्यक्रमको घोषणा गरेको हो ।
‘नेपालमा युगीन परिवर्तन र त्यसको गुणात्मक निरन्तरताका निम्ति नेपाली श्रमजिवी जनताले जनआन्दोलन, महान जनयुद्ध, १९ दिने ऐतिहासिक जन आन्दोलन, मधेश आन्दोलन, महिला, दलित (श्रमिक समुदाय), आदिवासी, जनजाति आन्दोलन, उत्पीडित क्षेत्रका जनताको आन्दोलन, थरुहट आन्दोलन र एकीकृत जनक्रान्ति लगायतका संघर्षमा आफ्नो अमूल्य जीवनको उत्सर्ग गर्नुहुने महान शहिदहरुप्रति स-सम्मान भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दछौ । वेपत्ता योद्धाहरुको स्मरण र घाईते योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्दछौ । गणतान्त्रिक र क्रान्तिकारी इतिहास रचनामा ऐतिहासिक योगदान गर्ने महान् नेपाली जनतामा उच्च सम्मान सहित क्रान्तिकारी अभिवादन व्यक्त गर्दछौ’, समाजवादी मोर्चाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
यस्तो छ समाजवादी मोर्चाको प्रेस विज्ञप्ति
१. नेपालमा युगीन परिवर्तन र त्यसको गुणात्मक निरन्तरताका निम्ति नेपाली श्रमजिवी जनताले जनआन्दोलन, महान जनयुद्ध, १९ दिने ऐतिहासिक जन आन्दोलन, मधेश आन्दोलन, महिला, दलित (श्रमिक समुदाय), आदिवासी, जनजाति आन्दोलन, उत्पीडित क्षेत्रका जनताको आन्दोलन, थरुहट आन्दोलन र एकीकृत जनक्रान्ति लगायतका संघर्षमा आफ्नो अमूल्य जीवनको उत्सर्ग गर्नुहुने महान शहिदहरुप्रति स-सम्मान भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दछौ । वेपत्ता योद्धाहरुको स्मरण र घाईते योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्दछौ । गणतान्त्रिक र क्रान्तिकारी इतिहास रचनामा ऐतिहासिक योगदान गर्ने महान् नेपाली जनतामा उच्च सम्मान सहित क्रान्तिकारी अभिवादन व्यक्त गर्दछौ ।
२. नेपाली जनताको जीवन मरणको अनवरत संघर्षको बलमा २ सय ३८ बर्षे सामन्ती शासनको अन्त्य भएको हो । १ सय ४ बर्षे राणा शाशन विरुद्धको संघर्ष, ३० बर्षे पञ्चायती निरङ्कुश व्यवस्थाका बिरुद्ध संघर्ष, ०४६ साल पछिको सामन्तवाद र पूजीवादी प्रतिक्रियावाद विरुद्धको संघर्षमा ०७ सालको आन्दोलन, ०४६ सालको जनआन्दोलन, १० वर्षको जनयुद्ध र ०६२/६३ को ऐतिहासिक जनआन्दोलनको विशेष र निर्णायक भूमिका छ । आन्दोलन र जनयुद्धको बलमा स्थापीत भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र युगान्तकारी परिवर्तनको प्रतिनीधी थियो । यसले राष्ट्रको स्थाधीनता, नेपाली जनताको मुक्ति र देशको सम्वृद्धिका लागि नेपाली जनतालाई अभुतपूर्व रूपमा आशावादी बनाएको थियो ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकाशमा देखिएको ठहराव र राज्यसत्ताको बागडोर सम्हालेकाहरुको अलोकतान्त्रिक रबैया र गतिविधीका कारण नेपाली जनताका अधिकारहरु एकपछि अर्को कुण्ठित हुँदै गैरहेका छन् । राज्य संचालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र सङ्कटपूर्ण अवस्थाको सामना गरिरहेको छ ।
भ्रष्टाचार, कमिशन र कालोबजारीले अर्थतन्त्र सङ्कटग्रस्त छ । नेपाली जनताको जनजीविका कहाली लाग्दो अवस्थामा छ । सरकार विचौलिया दलालहरुको स्वार्थसिद्धिमा केन्द्रीत छ । लोकतान्त्रिक मूल्य मान्यताको उपहास गर्दैछ । अध्यादेश मार्फत सरकार चलाउने, सदनलाई छल्ने, र संसदमा दर्ता भएका महत्पूर्ण विद्येयकहरु नियन्त्रण गरी राख्नेमा उद्धत छ । सरकारको कुशासन र अस्तव्यस्तताका कारण नेपाली जनतामा एकपछि अर्को असन्तुष्टी र आक्रोश तीब्ररुपमा बढ्दै गएको छ । यसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रको स्वाधीनता र नेपाली जनताको समाजवादको यात्रामा चुनौती देखा परेको छ ।
३. सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकासमा गतिहिनता, सरकारको मानोमानी, देश एवम् जनताको हित विपरितका गलत क्रियाकलापका कारण जनतामा पैदा भएको असन्तुष्टिलाई धमिलो पानी बनाई गणतन्त्रका विरुद्ध राजतन्त्र पुर्नस्थापनाको षड्यन्त्रमा प्रतिगामी र पुर्नउत्थानवादी तत्वहरु लागिपरेका छन् । यसको सशक्त प्रतिवाद गर्नु, गणतन्त्रको रक्षा गर्नु र नेपाली विशेषताको समाजवादको दिशामा अगाडि बढ्नु बर्तमान राष्ट्रिय राजनीतिको मुख्य कार्यभार बन्न गएको छ ।
४. देशको विषम् परिस्थितिमा समाजवादी मोर्चा, नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति राष्ट्रिय स्वाधीनता र गणतन्त्रका पक्षधर संसद भित्र र बाहिर भएका राजनैतिक पार्टी, नागरिक समाज, वुद्धिजिवी लगायत नेपाली समाजका सवै पक्षसँग छलफल र परामर्श गरी प्रतिगामी र पुर्नउत्थानवादी षड्यन्त्रका विरुद्ध एकता, सहकार्य र संयुक्त विरोध आन्दोलनको नेतृत्व गर्नु अहिलेको वस्तुस्थितिको अहम् जिम्मेवारी बन्न गएको छ ।
यसका लागि २०८१ चैत १५ गते (शुक्रवार) का दिन काठमाण्डौमा विशाल विरोध प्रर्दशन सहितको जनसभा आयोजना गरिएको छ । यस सभामा सहभागी भै समाजवादी मोर्चा, नेपालमा सम्वद्ध राजनीतिक पार्टीहरु, सम्पूर्ण देशभक्त तथा गणतन्त्रवादी शक्तिहरु एकजुट भै प्रतिगमन र प्रतिक्रियावादीहरुको षडयन्त्रलाई विफल पार्न सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई हार्दिक अपील गर्दछौ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend