Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कलंकीमा युवकमाथि खुकुरी प्रहार गर्ने नुवाकोटका सुशील तामाङ पक्राउ


    शुक्रबार, चैत्र १ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कलंकीमा एक युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा नुवाकोटको दुई पिपल देउराली घर भइ काठमाडौं बाफल बस्दै आएका २० वर्षीय सुशील तामाङ छन् । उनलाई खकुरीसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।

    उनले २९ फागुनको साँझ करिब ६ बजेतिर कलंकीस्थित सिता पेट्रोल पम्प अगाडिको सडकमा मोरङको कटारी गाउँपालिका–४ घर भएका ३० वर्षीय सुवास राईमाथि खुकुरी प्रहार गरेको आरोप छ ।

    राईविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार