Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • पूर्व उच्चपदस्थलाई आजीवन सुविधा दिने सरकारको कुनै तयारी छैन: उपप्रधानमन्त्री सिंह


    शुक्रबार, चैत्र १ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले पूर्व उच्चपदस्थलाई आजीवन सुविधा दिने सरकारको कुनै तयारी नरहेको बताएका छन् ।

    नेपाली काँग्रेस पाल्पा जिल्ला कार्यसमितिले शुक्रबार गरेको कार्यकर्ता भेटघाट एवं अन्तरक्रियामा मन्त्री सिंहले यसअघिको कुनै सरकारले गरेको कुरालाई ल्याएर अहिले हल्ला गरिएको जिकिर गरेका छन् ।

    २‘०६९ सालमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले पूर्वविशिष्टलाई सुविधा दिने अध्यादेश ल्याएको थियो । अहिले त्यस्तै प्रकृतिको कानुन निर्माणका सरकार लागेको भन्दै केही सञ्चारमाध्यममा खबर आए पनि सरकारले त्यस्तो तयारी गरेको छै,’ उनले भने ।

    उपप्रधानमन्त्री सिंहले जनताले लडेर अहिलेको अधिकार प्राप्त गरेको भन्दै कसैले किस्तीमा राखेर नदिएको बताए । ‘प्राप्त अधिकारको रक्षा गर्दै जनताको जीवन र जीविका सहज बनाउन सरकारले काम गरिरहेको उनको भनाइ छ ।

    काँग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका सिंहले एकताबद्ध काँग्रेस बनाउनुपर्नेमा जोड दिए । गुट–उपगुट छोडेर एकताबद्ध हुन सके काँग्रेसलाई कसैले पराजित गर्न नसक्ने उनको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार